Political Hightlights

लुम्बिनी प्रदेशको राजनीतिमा फोहोरी खेल कायमै

हिमालय टिभी
२०७८ वैशाख २० गते १३:०६
लुम्बिनी प्रदेशको राजनीतिमा फोहोरी खेल कायमै

२० वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशको संसदमा राजनीतिमा आज पनि राजनीतिक फोहरी खेल कायमै छ ।

हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध हस्ताक्षर गरेर विपक्षी गठबन्धनमा लागेका दुई जना फेरि मुख्यमन्त्रीको पक्षमा उभिएका छन् ।

प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आज विज्ञप्ति निकालेर मुख्यमन्त्री पोखरेललाई साथ दिने घोषणा गर्नुभएको छ । सूर्य चिन्हबाट जिते पनि आफूहरु स्वतन्त्र राजनीतिक समूहको भन्दै उनीहरुले हिजो मुख्यमन्त्री पोखरेललाई छोडेका थिए ।

उनीहरुले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने भन्दै हस्ताक्षर गरेका थिए । त्यति मात्रै होइन, उनीहरु मुख्यमन्त्री पोखरेललाई शपथ नगराउन माग गर्दै धनार्मा बसेका थिए । तर आज निकालेको विज्ञप्तिमा कुलप्रसाद केसीले सरकार गठनको विषयमा गरेको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको उल्लेख गरेका छन ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै धर्मबहादुर लाल श्रीवास्तवले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई नभएको र आफूहरु एमाले पनि नभएको बताउनुभएको थियो ।

तर आज एकाएक उहाँहरुले कित्ता फेर्नुभएको छ । संघीय स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीको दबावमा उनीहरु मुख्यमन्त्री पोखरेलको साथमा फर्किएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्