Political Hightlights

मुख्यमन्त्रीको सपथ रोक्न विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा दिए धर्ना

हिमालय टिभी
२०७८ वैशाख १९ गते १९:२६
मुख्यमन्त्रीको सपथ रोक्न विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा दिए धर्ना

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न दबाब दिँदै विपक्षी गठबन्धनका सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसद प्रदेश प्रमुखको कार्यालय बाहिर धर्ना बसेका हुन । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्दिन खाँले प्रदेश प्रमुखले निर्णय नसच्याएसम्म धर्ना जारी राख्ने चेतावनी दिनुभयो ।

प्रदेश प्रमुख धर्मनाथ यादव एमालेको कार्यकर्ता बनेर बहुमत नै नभएको नेतालाई मुख्यमन्त्री बनाएको विपक्षी गठबन्धनको निष्कर्ष छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले प्रदेश प्रमुखले समय मागेकाले आफूहरुले समय दिएको बताउनुभयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफूहरुसँग बहुमत रहेको दावी गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्