Political Hightlights

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

हिमालय टिभी
२०७८ वैशाख १९ गते १५:४१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा संविधानको धारा १ सय ६८ को एक बमोजिम पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

आफूविरुद्धको अविस्वास प्रस्ताव संसदमा पेश हुने भएपछि पोखरेलले आजै राजीनामा दिनुभएको थियो ।

राजीनामापछि बहुमतको सरकारका रुपमा पोखरेललाई फेरि मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्