Political Hightlights
असफल हुने जोखिमका कारण अविश्वासको प्रस्ताव नल्याएको देउवाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १७ गते १८:१४

१७ वैशाख २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असफल हुने जोखिम भएकाले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याएको प्रष्टिकरण दिनुभएको छ ।
आप्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले बहुमत पुग्ने र वैकल्पिक सरकार बन्ने संभावना नदेखिएकाले अविश्वास प्रस्ताव नल्याएको बताउनुभयो ।
जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई सहयोग गरेकाले पनि समस्या भैरहेको देउवाले बताउनुभयो ।
अमेरिकी सहयोग परियोजना एमसीसी देशकै हितमा रहेको भन्दै देउवाले पारित गरेर जानुपर्नेमा जोड दिनुभयो । तर प्रचण्डसँग एमसीसी पारित गर्ने विषयमा कुनै सहमति नभएको पनि देउवाले बताउनुभयो ।
प्रतिक्रिया