Political Hightlights
सांसद बेपत्ता प्रकरणले जनमोर्चाभित्रको अन्तरविरोध यसरी बाहिरियो (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १६ गते १९:४८

१६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही प्रकरणले राष्टिय जनमोर्चा भित्रको अन्तर्विरोध बाहिरिएको छ ।
पार्टीलाई थाहै नदिई सम्पर्क विहीन भएका सांसद शाहीलाई खोज्न र प्रदेश सभाको बैठक स्थगन गर्न जनमोर्चाले दिएको निवेदनबारे दलका नेतालाई थाहै नभएको खुलेको हो ।
हिमालय टीभीसँग कुरा गर्दै जनमोर्चा गण्डकी प्रदेशसभा सचेतक पियारी थापाले दिएको निवेदनबारे आफूलाई थाहै नभएको संसदीय दलका नेता कृष्ण थापाले बताउनुभयो ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध मतदान हुनै लाग्दा जनमोर्चा सांसद शाही हिजो सम्पर्क विहीन भएपछि सचेतक पियारी थापाले शाहीको खोजी गर्न र संसद स्थगन गर्न माग गर्नुभएको थियो । र, यसबारे दलका नेता कृष्ण थापाको प्रतिक्रिया आएको हो ।
प्रतिक्रिया