Political Hightlights

थप नयाँ रणनीति बनाउन नेकपा एमाले नेपाल–खनाल समूह छलफलमा

हिमालय टिभी
२०७८ वैशाख १५ गते १४:३०
थप नयाँ रणनीति बनाउन नेकपा एमाले नेपाल–खनाल समूह छलफलमा

१५ वैशाख २०७८ काठमाडौं । थप रणनीति बनाउन नेकपा एमालेको नेपाल खनाल–समूहको स्थायी समिति बैठक बसिरहेको छ । कलंकीको एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो ।

बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि नेपाल खनाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल सहित २७ जना सांसदलाई पदबाट हटाउने चेतावनीसहित स्पष्टिकरण सोधेकाले अब के गर्ने भन्नेमा छलफल केन्द्रीत रहेको एक नेताले जानकारी दिएका छन ।

नेपाल–खनाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । केन्द्र बाहेक अरु कमिटीमा उसले समानान्तर कमिटी बनाइरहेको छ ।

नेपाल–खनाल समूह ओलीसँग मिल्न नसकिने निष्कर्षमा पुगेपनि अब के गर्ने भन्नेमा अलमलमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्