Political Hightlights

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको तयारी

हिमालय टिभी
२०७८ वैशाख १५ गते १३:०७
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको तयारी

१५ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ।

प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले बोल्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सांसदले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी छ ।विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार अविश्वासको प्रस्ताव पेस गर्नु भएको थियो ।

प्रस्तावमाथि छलफल सकेर आज मतदान गर्न लागिएको हो। अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको मत आवश्यक छ।

त्यसका लागि जसपाका २ र राजमोका ३ सांसदको मत निर्णायक छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको मत आवश्यक पर्छ। प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन्।

फ्लोर क्रस नभए अविस्वास प्रस्ताव पारित हुनेछ ।यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अधिवेशन अन्त्य गर्नु भएको थियो।

तर, प्रतिपक्षी दलले समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संसदको विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्