Political Hightlights

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:४९
केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ वैशाख २०७८ काठमाडौं । भोलिको केन्द्रीय कार्यसमितिको एजेण्डा र भावि सत्ता समीकरणबारे छलफलका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन र भावी सत्ता समीकरणबारे भइरहेको पहलबारे जानकारी दिलाउन पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।

बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । साथै आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने भोलि दिउँसो २ बजे सानेपामा बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्