Political Hightlights

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ता लिने विषयमा छलफल हुने

हिमालय टिभी
२०७८ वैशाख ८ गते ८:११
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ता लिने विषयमा छलफल हुने

८ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिशडाँडामा दिउँसो एक बजे बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको निष्कर्षमा पुगेको माओवादीले वर्तमान सरकारलाई अपदस्थ गर्न केन्द्रीत हुने निर्णय गरेको थियो ।

ओली सरकारलाई दिएको समर्थन संसद जोगाउनकै लागि अहिलेसम्म कायमै राखेको माओवादीको दाबी छ । नयाँ सत्ता समीकरण बनाउने गृहकार्यमा रहेको माओवादी जनता समाजवादी पार्टीले ठोस निर्णय नदिँदा अप्ठ्यारोमा परेको छ ।

नेपाली कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आए माओवादीसँग सत्ता समीकरण गर्न सकिने जनाएको छ ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमहरुमा माओवादीलाई समर्थन फिर्ता लिन चेतावनी दिँदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्