अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

Himalaya Television
२०७८ वैशाख ६ गते १३:४५

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

६ वैशाख २०७८ काठमाडौं । आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ ।

सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुुभयो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो ।

समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs