खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र मलेसिया भिड्दै

हिमालय टिभी
२०७८ वैशाख ६ गते ९:१२
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र मलेसिया भिड्दै

६ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो शुरु हुनेछ । नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले आइतबार मलेसियालाई १५ रनले पराजित गरेको थियो ।

७९ रनमा ५ विकेट गुमाएको अवस्थामा पनि मलेसियाले एक सय ९२ रनको लक्ष्य पूरा गर्ने हिम्मत गरेको थियो ।

यसअघि नेदरल्याण्ड्सलाई नेपालले एक सय ३६ रनमा सीमित गरेको थियो भने पाँच ओभरको खेल बाँकी रहँदै जित हात पारेको थियो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार आज दिउँसो पौने १ बजे शुरु हुने छ । यो खेलमा जित हात पारे नेपाललाई शीर्ष दुईमा रहन सहज हुनेछ ।

हिमालय टेलिभिजन एचडीले प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतिक्रिया

One thought on “त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र मलेसिया भिड्दै

  1. नमस्कार म बेंङ्गलोर मा छु लाईभ किर्केट हेर्न को लागि हिमालयन टिपी को अप्लकेसन डाउन लोड गरेको छु कृपया राम्रो संग चल्दैन कुनै अरु माध्यमबाट राम्रो सग हेर्न सकिन्छ भने बताई दिनुहोला

Leave a Reply to Deependra Chand thakuri Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्