Political Hightlights

एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

हिमालय टिभी
२०७८ वैशाख ६ गते ७:३६
एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

६ वैशाख २०७८ काठमाडौं। नेकपा एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल हुने छ ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशब्यापी रुपमा बनाइरहेको समानान्तर कमिटीबारे पनि आजको बैठकमा छलफल हुने छ ।

अध्यक्ष ओलीले केही नेताहरुलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिने तयारी समेत गर्नुभएको छ । समानान्तर गतिविधि गर्दै आएको नेता नेपाल समूहले भने पार्टी एकताका लागि वातावरण बनाउनका लागि आजको बैठक रोक्नुपर्ने बताएको छ ।

नेपाल( खनाल समूहले आफ्नो सहभागिता बिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ। तर ती निर्णयहरु फिर्ता नगर्ने ओलीको अडान छ ।

नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेको छ।

यसैबीच एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि आजको बैठक रोक्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्