Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

हिमालय टिभी
२०७८ वैशाख ६ गते ६:४२
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

६ वैशाख २०७८ काठमाडौं । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

यसअघि हिजो बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो । हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलपछि तयारी नपुगेको भन्दै आज दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो ।

कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ । पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्