खेलकूद

म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिस एफए कपको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ वैशाख ५ गते ७:५६
म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिस एफए कपको फाइनल प्रवेश

५ वैशाख २०७८ काठमाडौं । म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिस एफए कप फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती भएको खेलमा प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटीलाई १–० ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । हाकिम जियाचको दोस्रो हाफको गोल निर्णायक बन्दा चेल्सी विजयी भयो ।

विम्ब्लीमा भएको खेलको पहिलो हाफ गोलरहित बनेको थियो । खेलको ५५औं मिनेटमा जियचले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । बाँकी समयमा सिटी खेलमा फर्किन नसक्दा पराजित भयो ।

अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ । एफए कपको सेमिफाइनलमा पराजित भएसँगै पेप ग्वार्दिओलाको टिम सिटीको यो सिजन चारवटा उपाधि जित्ने लक्ष्य सकिएको छ ।

प्रिमियर लीगमा सिटी एघार अंकको अग्रताका साथ शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । अर्को घरेलु प्रतियोगिता लिग कपमा पनि सिटी फाइनलमा पुगेको छ ।

प्रिमियर लिगमा चेल्सी सिटीभन्दा २० अंक पछि छ । युरोपेली च्याम्पियन्स लिगमा पनि चेल्सीले अन्तिम चारमा स्थान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्