Political Hightlights

पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदविरुद्ध निलम्बनको सिफारिस

हिमालय टिभी
२०७८ वैशाख ४ गते ७:४२
पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदविरुद्ध निलम्बनको सिफारिस

४ वैशाख २०७८ काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई सांसद पद निलम्बन गर्ने सहितको कारवाहीका लागि सिफारिस गरेको छ ।

पार्टी ह्वीप उल्लंघन गर्ने चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय बैठकले गरेको हो । कारवाहीमा पर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही हुनुहुन्छ ।

चारै जनाले हिजो कर्णाली प्रदेश संसदमा फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिनुभएको थियो । चारैजनालाई सांसद र साधारण सदस्यता खारेजीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो ।

यस्तै समानुपातिक सांसद देवी वलीलाई चौबीस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिने पार्टीको निर्णय छ । वलीले पहिले विश्वासको मतका पक्षमा मतदान गरेर पछि आवश्यक संख्या पुगिसकेको भन्दै आफ्नो मत सच्याउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्