Political Hightlights

प्रधानमन्त्री ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

हिमालय टिभी
२०७८ वैशाख ४ गते ७:३६
प्रधानमन्त्री ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । कोरोना संक्रमण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुनेछ । संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीको प्रतिनिधित्व छ ।

बैठकका लागि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफैंले फोन गरेर बोलाउनुभएको छ ।

अन्य पार्टीका नेताहरुलाई पनि बालुवाटारबाट खबर गए पनि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने खबर गरिए– नगरिएको बारे केही बताइएको छैन ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भइरहेको वार्ता प्रक्रिया र ओली सरकारलाई साथ दिने विषयमा भट्टराई र यादव विपक्षमा हुनुहुन्छ । प्रधानमन्त्रीले संसदको हिउँदे अधिवेशन अन्त गर्नुअघि सबै दलसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्