Political Hightlights

‘ओली र ठाकुरबीचको सहकार्य गलत’ नेता भुसाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते २०:४८
‘ओली र ठाकुरबीचको सहकार्य गलत’ नेता भुसाल (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीचको सहकार्य गलत भएको बताउनुभएको छ ।

बुटवलमा पत्रकारसँग नेता भुसालले ओली र ठाकुरको विचार नमिल्ने भएकोले यो अस्वाभाविक र असंगत भएको टिप्पणी गर्नुभयो ।

भुसालले विचार नमिल्नेसँग सहकार्य गर्नका लागि ओलीले आफ्नै पार्टी फूटाउन खोजेको आरोप लगाउनुभयो ।

एमाले नेता भुसालले अहिले पनि वामपन्थी सरकार संभव हुँदा समेत प्रधानमन्त्री ओली विपरित बाटो हिंडेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले जसपाको ठाकुर पक्षसँग सहकार्यका लागि पहल तीब्र पारेपछि भुसालको प्रतिक्रिया आएको हो । आजै पनि सरकारी र जसपाको कार्यदलबीच छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्