Political Hightlights

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता

हिमालय टिभी
२०७८ वैशाख २ गते १८:३५
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता

२ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सांसदहरुले आज प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका २ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले भने प्रस्तावको पक्षमा मतदान गर्ने सम्बन्धमा सहमति जनाइसकेको नेताहरुले बताएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

गण्डकी प्रदेश सरकारले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अगुवाईमा अविश्वासको प्रस्ताव पेश हुन लागेको जानकारी पाएपछि बुधबार राती १२ बजेदेखि लागू हुने गरी सातौं संसद अधिवेशन अन्त्य गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्