Political Hightlights

गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा, नयाँ सरकार गठन गर्न एमालेबाहेकका दल छलफलमा

हिमालय टिभी
२०७८ वैशाख १ गते १८:११
गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा, नयाँ सरकार गठन गर्न एमालेबाहेकका दल छलफलमा

१ वैशाख २०७८ पोखरा । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेपछि नयाँ सरकार बनाउन एमालेबाहेकका दल छलफलमा जुटेका छन् । छिट्टै अर्को सरकार बन्ने संकेत देखिएको छ ।

तत्कालीन नेकपा विघटनपछि एमाले नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी र राष्ट्रिय जनमोर्चाको साथ थियो । माओवादीले आफ्ना दुई मन्त्री सरकारबाट फिर्ता बोलाइसकेको छ । माओवादीले अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव लैजाने बताएको छ ।

माओवादी नयाँ सरकारमा मुख्यमन्त्री कांग्रेसलाई दिन तयार भएको छ । वैशाख ६ गतेका लागि बोलाइएको प्रदेश सभा बैठक अगावै अविश्वास प्रस्ताव दर्ता गर्ने यी दलको योजना छ । राष्ट्रिय जनमोर्चासँग छलफल पछि अविश्वास प्रस्ताव टुङ्गो लगाउने कांग्रेसले जनाएको छ ।

संघीय सरकार फेर्नेबारे विवाद देखिएको जनता समाजवादी पार्टी गण्डकी प्रदेश सरकार फेर्न भने अघि सरेको छ । नयाँ सरकारबारे दलहरुबीच छिट्टै समझदारी हुने उसको विश्वास छ ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । यी दल मिल्दा नयाँ सरकार बनाउन आवस्यक संख्या पुग्ने भएकाले मुख्यमन्त्री गुरुङको पद धरापमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्