Political Hightlights

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

हिमालय टिभी
२०७८ वैशाख १ गते १३:१०
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

१ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पार्नुभएको हो ।

गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ ।

आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकाले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ ।

साथै, मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत जनमोर्चाले बताएको छ। गणडकीमा एमाले नतृत्वको सरकार जोगिन जनमोर्चाको साथ आवश्यक छ ।

जनमोर्चाले साथ नदिने भएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्ने अवस्थाको अन्त्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्