खेलकूद

च्याम्पियन्स लीगमा चेल्सी र पीएसजी विजयी

हिमालय टिभी
२०७८ वैशाख १ गते ७:४३
च्याम्पियन्स लीगमा चेल्सी र पीएसजी विजयी

१ वैशाख २०७८ काठमाडौं । चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीगको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग १–० गोलले पराजित भएपनि समग्रमा २–१ को नतिजासहित चेल्सीले अन्तिम चारमा स्थान पक्का पारेको हो ।

दोस्रो लेगमा चेल्सीलाई उसैको मैदानमा पराजित गर्दा पोर्टोका लागि मेहदी टारेमीको एक मात्र गोल नै निर्णायक रह्यो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पोर्टोले अन्तिम समयको अतिरिक्त समयमा गोल गरेको थियो । पहिलो लेग चेल्सीले अवे मैदानमा २–० ले जितेको थियो ।

यस्तै अर्को खेलमा साबिक विजेता बायर्न म्युनिखलाई स्तब्ध पार्दै पिएसजीले सेमिफाइनल यात्रा तय गर्‍यो ।

दोस्रो लेग अन्तर्गत घरेलु मैदानमा पिएसजी १–० ले पराजित हुँदा समग्रमा नतिजा ३–३ गोलको बराबरी भएपनि अवे गोलका आधारमा पिएसजी अन्तिम चारमा पुग्न सफल भएको हो ।

बायर्नका लागि ४०औं मिनेटमा इरिक म्याक्सिमले गोल गरेका थिए । अवे मैदानमा भएको पहिलो लेगमा पिएसजी ३२ ले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्