Political Hightlights

कांग्रेस सभापति देउवासँग जसपा अध्यक्ष डा. भट्टराई र यादवको भेटवार्ता

हिमालय टिभी
२०७७ चैत ३१ गते १८:५६
कांग्रेस सभापति देउवासँग जसपा अध्यक्ष डा. भट्टराई र यादवको भेटवार्ता

३१ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौं बाहिर गएका बेला भट्टराई र यादवले देउवासित भेट गर्नुभएको हो । बूढानीलकण्ठमा भएको भेटमा सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पछिल्लो समय छलफल भइरहेको छ । तर, विवादका कारण जसपाले धारणा स्पष्ट नपार्दा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन सकेको छैन ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतर दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भन्नेमा विवाद छ ।

अध्यक्ष ठाकुर र नेता महतो ओलीलाई साथ दिएर अघि बढ्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष यादव र भट्टराई ओलीको विकल्प तत्काल खोज्नु पर्ने अडानमा हुनुहुन्छ । कांग्रेसले नयाँ सरकार गठनका विषयमा औपचारिक निर्णय गर्न जसपालाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्