Political Hightlights

नेपाल–खनाल समूहको राजनीतिक प्रतिवेदनमा ओलीमाथि यस्ता आरोपैआरोप

हिमालय टिभी
२०७७ चैत ३० गते १९:२६
नेपाल–खनाल समूहको राजनीतिक प्रतिवेदनमा ओलीमाथि यस्ता आरोपैआरोप

३० चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १८ पृष्ठको राजनीतिक प्रतिवेदन कार्यकर्तामाझ लगेको छ ।

पार्टी भित्रका समस्या र पार्टी पूनर्गठन लगायतका विषय समेटेर अध्यक्ष ओलीको आलोचना गर्दै नेपाल–खनाल समूहले राजनीतिक प्रतिवेदन बनाएर कार्यकर्ता समक्ष पठाएको हो ।

नेपालको कम्युनिष्ट आन्दोलनका उतारचढाव देखि एमालेमा आएको विग्रहलाई नेपाल समूहले प्रतिवेदनमा राखेको छ । ओलीलाई विसर्जनवाद र दक्षिणपन्थी भन्दै नेपाल खनाल समूहले एमाले विघटन गर्न खोजेको आरोप समेत लगाएको छ ।

प्रतिवेदनमा माओवादी केन्द्रसँग एकताका बेला गोप्य सम्झौता गरेर पार्टीको नीति तथा विधानको उल्लंघन गरेको आरोप पनि लगाइएको छ।

आफूसँग असहमत भएकै आधारमा आफू समानका नेतालाई विभिन्न मुद्दामा फसाएर बदला लिने तर आत्मसमर्पण गर्ने शंकास्पद गतिविधिमा संलग्नलाई भने खुलेआम संरक्षण गर्नेजस्ता काम ओलीबाट भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्