Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

हिमालय टिभी
२०७७ चैत ३० गते ८:०८
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पार्टी महाधिवेशनबारे छलफल हुने बताउनुभयो ।

यसअघि चैत २० गते बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसको माग छ ।

भावी सत्ता समीकरणका विषयमा आवश्यक निर्णयका लागि पार्टीले पहल गरिरहेको बताउँदै मुख्यसचिव पौडेलले आजको बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्ला पहलबारे जानकारी गराउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्