खेलकूद

आईपीएलमा कोलकातासँग हैदराबाद १० रनले पराजित

हिमालय टिभी
२०७७ चैत ३० गते ७:४४
आईपीएलमा कोलकातासँग हैदराबाद १० रनले पराजित

३० चैत २०७७ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग आईपीएलमा कोलकाता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ ।

आईपीएल अन्तर्गत गएराति कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।

हैदराबाद मनिष पाण्डे ६१ रनमा अविजित हुँदा जोन्नी बेरिष्टोले ५५ रन बनाए । बलिङ्मा कोलकाताका प्रसिद्ध कृष्णाले २ विकेट लिए ।

यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८७ रन बनाएको थियो । मुम्बईका नितिश रानाले ८० तथा राहुल त्रिपाठीले ५३ रन जोडे ।

बलिङ्तर्फ हैदराबादका मोहम्मद नाबी र राशिद खानले समान २२ विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज मुम्बईमा राजस्थान रोयल्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्