खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर, वेष्टह्याम, आर्सनल र न्यूक्यासल युनाइटेड विजयी

हिमालय टिभी
२०७७ चैत ३० गते ७:३७
प्रिमियर लीगमा म्यानचेष्टर, वेष्टह्याम, आर्सनल र न्यूक्यासल युनाइटेड विजयी

३० चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, वेष्टह्याम युनाइटेड, आर्सनल र न्यूक्यासल युनाइटेड विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले टोटेनह्यामलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा टोटेनह्यामले ४०औं मिनेटमा सन ह्यूइङ मिनको गोलबाट अग्रता बनायो ।

तर दोस्रो हाफमा युनाइटेडले लगातार तीन गोल थपेको थियो । उसका लागि ५७औं मिनेटमा फ्रेड, ७९औं मिनेटमा इडिन्सन काभानी र इञ्जुरी समयमा म्यासन ग्रीनउडले गोल गरेका थिए ।

जितसँगै युनाइटेडले ३१ खेलबाट ६३ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३२ खेलबाट ७४ अंक छ ।

त्यस्तै अन्य खेलमा वेष्टह्यामले लेष्टर सिटीमाथि ३–२, आर्सनलले सेफिल्ड युनाइटेडमाथि ३–० र न्यूक्यासलले बर्नलीमाथि २–१ को जित निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्