Political Hightlights

एमालेको नेपाल–खनाल पक्षद्वारा प्रदेश २ मा संसदीय दलको नेता परिवर्तन

हिमालय टिभी
२०७७ चैत २९ गते १८:३५
एमालेको नेपाल–खनाल पक्षद्वारा प्रदेश २ मा संसदीय दलको नेता परिवर्तन

२९ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

प्रदेश सभा संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल–खनाल पक्षका सांसदहरुले ओली निकट मण्डललाई हटाएर महतोलाई नेता चयन गरेका हुन्।

यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतक चयन गरेको छ । ६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल–खनाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो। प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।

जसमध्ये १३ सांसद नेपाल पक्षमा छन् । महतोलाई संसदीय दलको नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाइएको छ ।

भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने नेपाल खनाल पक्षले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्