आर्थिक

अर्थतन्त्र उकास्ने योजना : के हो उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते २०:३८
अर्थतन्त्र उकास्ने योजना : के हो उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं। कोभिड–नाइन्टिन पछि नेपालमा उद्योग व्यवसाय प्रभावित छन । कोरोना संक्रमणको त्रास अझै पनि कम भएको छैन । त्यसैले देशको अर्थतन्त्र र उद्योग व्यवसाय कहिलेसम्म प्रभावित हुने हो टुंगो छैन ।

त्यसैले कोरानाको कारण थला परेको नेपालको अर्थतन्त्र उकास्ने योजनासहित उद्योग वाणिज्य महासंघले एक सय कार्ययोजना समावेश गरेर महत्वाकांक्षी दस वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । उसको १० वर्षे भिजनमा के छ त ?

कोरानाले थला परेको नेपालको अर्थतन्त्र उकास्नको लागि निजी क्षेत्रका उद्योगी व्यवसायी कस्सिएका छन । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र, समुन्नत नेपाल नाराको साथमा राष्ट्रिय आर्थिक रुपान्तरण सन २०३० भिजन पेपर सार्वजनिक गरेको छ । आर्थिक रुपान्तरका लागि निजी क्षेत्रको उद्योगीको छाता संगठनले दोहोरो अंकको आर्थिक विकासको लागि नयाँ रणनीति तयार गरेको हो ।

भिजन पेरपमा साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्दै बढीभन्दा बढी उत्पादन र निर्यातमा जोड दिएको छ । महासंघ कार्ययोजनामा बढ्दो व्यापार घाटाकम गर्नेदेखि पर्यटन क्षेत्रको विकासका योजनासमेत छन् । यस्तै पूर्वाधार विकासमा पनि महासंघले जोड दिएको छ ।

देशको अर्थतन्त्रको आकार ३४ अर्ब डलरबाट बढाएर १० वर्षमा एक सय अर्ब डलर पुर्‍याउने योजनामा उल्लेख छ । त्यस्तै महासंघले ४० वटा योजना त अबको दुई वर्ष भित्रै नै पूरा गर्ने बताएको छ । १० वर्ष भित्र मुलुकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने र जसमध्ये एक सय ८ अर्ब डलर निजी क्षेत्रबाट गरिने छ । जसबाट मुलुकमा २२ लाख नयाँ रोजगारी दिन सकिने छ ।

समृद्ध नेपाल निमार्णको लागि कोशोढुंगाको रुपमा रहेको भिजन पेपरलाई कार्यान्वयनका लागि थुप्रै चुनौती छन् । त्यसैलाई बुझेर सरकारले निजी क्षेत्रको लयाएको भिजन पेपेरको कार्यान्ययनका लागि नीति नियम कार्यान्वयन गर्न पनि पछि नपर्ने आश्वासन दिएको छ ।

कोरोनोको कहरका बिच पनि नेपालको निजी क्षेत्रले आर्थिक बिकासको लागि ल्याएको नयाँ भिजनले अर्थतन्त्रका लागि आशाको किरण देखाएको छ । कोरानाले पीडामा छटपटिरहेका व्यवसायीलाई थप आत्मबल दिने प्रयास पनि यसले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *