Political Hightlights
कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी र जसपालाई सभापति देउवाको प्रस्ताव
२०७७ चैत २७ गते १७:३६
२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ ।
माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले आजको बैठकमा कुनै सहमति भएन ।
कांग्रेस सभापति शेरबहादुर देउवाको पहलमा बोलाइएको तीन दलको बैठकमा सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्नु भएको थियो ।
बैठकमा जसपा नेताहरुले आफूहरुले पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने गरी टुंगिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।
प्रतिक्रिया