Political Hightlights

अध्यक्ष ओलीले विधानविपरीत कारबाही गरेकाले प्रतिरोधमा समानान्तर कमिटीः नेता नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २७ गते १३:२०
अध्यक्ष ओलीले विधानविपरीत कारबाही गरेकाले प्रतिरोधमा समानान्तर कमिटीः नेता नेपाल (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले प्रतिरोधमा समानान्तर कमिटी गठन गरेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले आफ्ना भक्तलाई मात्रै पार्टीमा प्रश्रय दिएको आरोप समेत लगाउनुभयो । उहाँले ओलीको अनुहार हेरेर नभइ विधान विपरीत काम गरेकाले आन्दोलन गर्नु परेको बताउनुभयो ।

सर्वोच्च अदालतले पार्टीलाई पुरानै अवस्थामा ब्युँताइदिए पनि अध्यक्ष ओलीले विधान विपरीत आफुहरुसहितका नेतालाई कार्वाही गरेको बताउनुभयो ।

वरिष्ठ नेता नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने बताउनुभयो । एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न नेता नेपाल विराटनगर पुग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्