Political Hightlights

आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स-यो

हिमालय टिभी
२०७७ चैत २७ गते ८:०६
आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स-यो

२७ चैत २०७७ काठमाडौं । आजका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक चैत ३० गतेका लागि सारिएको जानकारी दिनुभयो ।

चैत २० गते बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसको माग छ ।

आज सभापतिसहित शीर्ष नेताहरु राजनीतिक छलफलमा व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्