केही दिनमै देउवा प्रधानमन्त्री बन्ने पूर्वमन्त्री यादवको दाबी (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेन्द्र यादवले केही दिनमै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता यादवले एकमहिना भित्र ओली सरकार हट्ने र मुलुकले नयाँ सरकार पाउने दावी गर्नुभएको हो ।
प्रधानमन्त्री ओली रहँदासम्म संघीयता र गणतन्त्र खतरालाई खतरा हुने यादवको टिप्पणी छ । जनता समाजवादी पार्टीले प्रष्ट निर्णय नगर्दा ढिलाई भएको यादवले बताउनुभयो ।
जनता समाजवादी पार्टीका नेता वृषेशचन्द्र लालले भने आफ्नो पार्टीको प्राथमिकता सरकार ढलाउने वा नयाँ सरकार बनाउने नभएकाले सबैसित छलफल चलिरहेको जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले छिटै अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ता लिने काम एकै चोटी हुने बताउनुभयो ।
प्रतिक्रिया