Political Hightlights

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

हिमालय टिभी
२०७७ चैत २६ गते १४:५४
कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

२६ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्