च्याम्पियन्स लीग फूटबलमा चेल्सी र पीएसजी विजयी

२६ चैत २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा चेल्सी र पीएसजी विजयी भएका छन् ।
क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा चेल्सीले पोर्टोमाथि २–० जित निकाल्यो । अवे मैदानमा चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले गोल गरेका थिए ।
माउन्टले ३२औं र चिलवेलले ८५औं मिनेटमा गोल गरे । दोस्रो लेग चेल्सीको मैदानमा अर्को मंगलबार अप्रिल १३ तारिखमा हुनेछ ।
यस्तै अर्को खेलमा पीएसजीले वायर्न म्यूनिखलाई ३–२ गोलले स्तब्ध बनायो । अवे मैदानमा पीएसजीले तेस्रो मिनेटमै केलियन एम्बाप्पेको गोलसँगै अग्रता बनायो ।
त्यस्तै २८औं मिनेटमा मारक्यूनहोसले गोल थप्दै पीएसजीको अग्रता दोब्बर बनाए । त्यसपछि वायर्नका लागि ३७औं मिनेटमा एरिक म्याक्सिम चोपो मोटिङ र ६० औं मिनेटमा थोमस मुलरले गोल गर्दै खेल २–२ को बराबरी गरे ।
६८औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३२ ले जित दिलाए । पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ तारिखमा हुनेछ ।
प्रतिक्रिया