खेलकूद

एएफसी कप आर्मीको शानदार जित, श्रीलंकाका पुलिस स्पोर्टस क्लब ५–१ ले पराजित

हिमालय टिभी
२०७७ चैत २५ गते १९:५८
एएफसी कप आर्मीको शानदार जित, श्रीलंकाका पुलिस स्पोर्टस क्लब ५–१ ले पराजित

२५ चैत २०७७ काठमाडौं । त्रिभूवन आर्मी क्लबले एएफसी कपको प्रारम्भिक छनोटको पहिलो खेलमा शानदार जित निकालेको छ ।

श्रीलंकाको पुलिस स्पोर्टस क्लबमाथि आर्मीले ५–१ को जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै ५–१ को जित निकालेको हो ।

आर्मीलाई जित दिलाउनका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, भरत खवास, टंक बस्नेत र सुदिल राईले एक एक गोल गरे ।

२८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई खेलमा फर्काए । ४३औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफअघि २–१ को अग्रता लियो ।

पहिलो हाफका इन्जुरी समयमा आर्मीले अर्को उत्कृष्ट मौका गुमायो । नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई आत्मसाथ गर्न सकेनन् । पहिलो हाफमा दुई एकको अग्रता बनाएको आर्मीले ५० औं मिनेटमा खेल तीन एकले अगाडी रह्यो ।

नवयुग श्रेष्ठले डिबक्समा गरेको क्रसबल श्रीलंका पुलिसका गोलकिपरको हातमा डिफ्लेक्ट बललाई टंक बस्नेतले गोल गर्न सफल भए । ५४ औं मिनेटमा भरत खवासले डिबक्समा गरेको हेडर बारमा लागेर फर्किदा रेफ्रिले अफसाईडको झण्डा उठाए । त्यसपछि पनि आर्मीले तीन वटा मौकाको सिर्जना गरेको थियो ।

८३ औं मिनेटमा आर्मीका सुदिल राईले टिमका लागि चौथो गोल गरे । इन्ज्युरी समयमा आर्मीले अर्को गोल ग¥यो । उसका लागि नवयुग श्रेष्ठले ब्यक्तिगत दोस्रो गोल गरे । यो जितपछि अब आर्मीले तीन अंक हात पारेको छ ।

अब उसले छनोटको दोस्रो खेलमा बैंगलुरु एफसीसँग भारतमा खेल्नेछ । यो चरणका सबै खेलमा जित निकालेमा आर्मीले समुह डी मा स्थान बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्