लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्री हटाउने मुख्यमन्त्री पोखरेलको तयारी

२४ चैत २०७७ बुटवल । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ ।
माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेपछि प्रदेश सभा अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेलले मन्त्री हटाउन लाग्नु भएको हो ।
माओवादीबाट मन्त्री भएका कुलप्रसाद केसी र सुदर्शन बराललाई हटाउन लागिएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले सरकारको लक्ष्य पूरा गर्न केही मन्त्री हटाउन लागेको र केही मन्त्रालय थप्न लागिएको जानकारी दिनुभयो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
प्रतिक्रिया