Political Hightlights

नेकपा एमालेको नेपाल-खनाल समूहद्वारा बागमती प्रदेश कमिटी गठन

हिमालय टिभी
२०७७ चैत २४ गते १३:०१
नेकपा एमालेको नेपाल-खनाल समूहद्वारा बागमती प्रदेश कमिटी गठन

२४ चैत २०७७ काठमाडौं । देशव्यापी समानान्तर कमिटीको अभ्यास थालेको नेकपा एमाले नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा आज बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाएको छ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बसेको बागमती प्रदेशको स्थायी कमिटी बैठकले नतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर कमिटी घोषणा गरेको हो । नेताहरु केदार न्यौपाने,अरुण नेपाल र पशुपति चौलागाईंलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

सर्वोच्च अदालतको फैसलाले पहिलेकै अवस्थामा फर्काइदिए पनि नेकपामा हुँदाको विवाद एमालेमा पनि कायमै छ । अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेसम्मको कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल र झलनाथ खनाल समूहले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाउने अभियान थालेको हो।

आजै सुदूरपश्चिम प्रदेशमा पनि नेपाल–खनाल समूहले अलग्गै कमिटी घोषणा गर्दै छ। तत्कालिन एमालेका सुदूरपश्चिम ईन्चार्ज भीम रावलले अलग कमिटी गठन गर्न लाग्नुभएको छ ।

सर्वोच्च अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्नुभएको थियो ।

अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि चर्किएको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्