Political Hightlights

राष्ट्रिय राजनीतिमा देखिएको हलचलले अस्थिरता ल्याउने मुख्यमन्त्री पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १७:४०
राष्ट्रिय राजनीतिमा देखिएको हलचलले अस्थिरता ल्याउने मुख्यमन्त्री पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीतिमा देखिएको हलचलले देशमा अस्थिरता सिर्जना हुने दाबी गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक हलचल सत्ता प्राप्तिका लागि भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा देखिएको हलचलबाट प्रदेश सरकार प्रभावित हुन नहुने समेत बताउनुभयो ।

माओवादी केन्द्रतिर लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले सत्तामा नबस्ने हो भने छलफल गर्न सकिने बताउनुभयो ।

कम्युनिष्ट गठनबन्धन हुँदै एउटै घोषणा पत्रमा भोट मागेको भन्दै उहाँले प्रदेशमा पनि हलचल ल्याउनुपर्ने कारण के हो भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्