Political Hightlights

एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद न्यौपाने र पन्थी पदमुक्त गरिँदै

हिमालय टिभी
२०७७ चैत २३ गते १३:२४
एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद न्यौपाने र पन्थी पदमुक्त गरिँदै

२३ चैत २०७७ बुटवल । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई आजदेखि पदमुक्त गराइँदैछ ।

आज बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा सभामुखले दुई सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यससँगै दुवैको सांसद पद गुम्ने भएको हो ।

योसँगै आजदेखि लुम्बिनी प्रदेश सभामा २ सांसद पद खाली हुने भएका छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को ख र पन्थी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को ख बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

तर दुबै जना एमालेमा लागेका कारण पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । दुवैलाई प्रधानमन्त्री ओलीले एमालेमा केन्द्रीय सदस्य बनाउनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएपछि निलम्बन प्रक्रिया अघि बढेको हो। राजनीतिक दलसम्बन्धी दफा ३४ मा जुन दलबाट निर्वाचित भएको हो, त्यो दल त्यागेपछि स्वतः सांसद पद जाने व्यवस्था छ।

माओवादी केन्द्र संसदीय दल ९लुम्बिनी० ले यही चैत ११ गते दुवैलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर जवाफ नदिएपछि चैत १३ गते संसदीय दलले कारबाही गरी सदरका लागि केन्द्रीय कमिटीमा निर्णय पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्