Political Hightlights

माओवादी केन्द्रले वैकल्पिक तयारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

हिमालय टिभी
२०७७ चैत २२ गते ९:१६
माओवादी केन्द्रले वैकल्पिक तयारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

२२ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले बैकल्पिक तयारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

समर्थन फिर्ता लिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको तयारीमा रहेको भन्दै माओवादीले वैकल्पिक तयारी गरेर मात्र समर्थन फिर्ता वा अविश्वासको प्रस्ताव पेश गर्ने बताएको हो ।

एमाले र माओवादी अलगअलग पार्टी भएपछि भोलिदेखि गठबन्धनको सरकार भएको एक महिना पुग्ने भएकाले प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने माओवादीको तर्क छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएको भोलि ३० दिन हुन्छ । त्यसअघि माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल गरेर वैकल्पिक तयारी गर्ने बताएको छ ।

कांग्रेसले नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपा नेताहरूसँग अनौपचारिक संवाद गरिरहनु भएको छ ।

प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोनमा संवाद गर्नु भएको छ । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि प्रचण्डले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको बुझिएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीले आज जनता समाजवादी पार्टीसँग पनि छलफल गर्दैछ । कांग्रेसको निर्णय सकारात्मक भन्दै उहाँले अब जसपासँग पनि छिटो त्यस प्रकारकै निर्णय लिन अनुरोध गर्ने र त्यसपछि सम्बन्धित सबै पार्टी बसेर फाइनल प्रक्रिया अगाडि बढाउँने बताउनुभयो ।

माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । माओवादी केन्द्रले राजनीतिक रुपमा सरकारलाई समर्थन नरहेको बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्