Political Hightlights

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

हिमालय टिभी
२०७७ चैत २२ गते ७:१२
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

२२ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा दर्ता गराउने भएको छ ।

प्रधानमन्त्रीको राजीनामा मागिरहने तर आफ्नो अधिकार प्रयोग नगर्ने भनेर आलोचना भइरहेका बेला माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । यसबारे छलफल गर्न माओवादीले आज स्थायी कमिटीको बैठक बैलाएको छ ।

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । आज माओवादीले आफूलाई दिएको समर्थन फिर्ता लिने जानकारी पाएका प्रधानमन्त्री ओलीले हिजो फेरी संसद विघटन हुन सक्ने स्पष्ट संकेत गरिसक्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हिजो छिट्टै नयाँ सरकार बन्ने दाबी गर्नु भएको थियो ।

यसैबीच नयाँ सत्ता समीकरणका बारेमा माओवादी केन्द्रले आज सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्