आर्थिक

अनुगमनका नाममा सरकारले उद्योगी व्यवसायीलाई दुःख मात्र दिएको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १७:४७
अनुगमनका नाममा सरकारले उद्योगी व्यवसायीलाई दुःख मात्र दिएको आरोप (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अनुगमनका नाममा सरकारले उद्योगी व्यवसायीलाई दुख दिएको आरोप लगाउनुभएको छ ।

पेट्रोलियम व्यवसायीको राष्ट्रिय संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४१ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा अध्यक्ष गोल्छाले जिम्मेवारी पुरा गर्दा गर्दै पनि अनुगमनका नाममा सरकारले उद्योगी व्यवसायीलाई जहिले पनि पीडा दिने गरेको गुसानो गर्नुभयो ।

अनुगमनको आचार संहिता नभएको र न्यायिक निष्कर्ष ननिस्कदै उद्योगी व्यवसायीको मानमर्दन हुँदा पलायन हुने अवस्था सिर्जना भएको गोल्छाको दावी छ ।

सन् २०३० सम्म २३ लाखभन्दा बढि रोजगारी सृजना गर्ने र विदेशिएका युवालाई रोक्ने गरी योजना बनाइरहेको पनि उहाँले बताउनुभयो । चैत २८ गते भिजन पेपर सार्वजनिक गरिने अध्यक्ष गोल्छाले जानकारी दिनुभयो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिसएसनको नयाँ नेतृत्वका लागि भोलि उम्मेदवारी दर्ता र मतदान हुनेछ अध्यक्षका लागि लिलेन्द्र प्रसाद प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *