Political Hightlights

एमालेको नेपाल–खनाल समूह नयाँ पार्टी गठनको अन्तिम तयारीमा

हिमालय टिभी
२०७७ चैत २० गते ८:१२
एमालेको नेपाल–खनाल समूह नयाँ पार्टी गठनको अन्तिम तयारीमा

२० चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह नयाँ पार्टी गठनको अन्तिम तयारीमा पुगेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजनको अवस्थामा पुगेको हो।

यसका लागि नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिनु भएको छ ।

यसको तयारी स्वरूप नेपाल–खनाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ। नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन्।

यसअघि यो समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।

यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन्। यस्तै प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा पनि समानान्तर जिल्ला कमिटी बनिसकेका छन्।

यसरी नेपाल नेतृत्वको नेकपा एमालेले अब ७७ वटै जिल्लामा कमिटी बनाएर काम थाल्ने भएको छ। जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाइरहेको छ।

काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्