Political Hightlights
कारबाहीपछि भावी रणनीति तय गर्न एमालेको नेपाल–खनाल समूह छलफलमा
२०७७ चैत १७ गते १३:२७
१७ चैत २०७७ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीपछिको भावी रणनीतिबारे छलफलका लागि नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।
पार्टीविरोधी गतिविधि गरेको आरोपमा अध्यक्ष ओलीले हिजो वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्नुभएको छ ।
कारबाही त्यसलगत्तै तल्लो तहसम्मै पार्टीका समानान्तर कमिटी बनाउने घोषणा गरेको नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र बनाएको हो।
भावी रणनीतिबारे थप छलफल र निर्णयका लागि राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक बस्न लागेको नेता बेदुराम भुषालले जानकारी दिनुभयो ।
प्रतिक्रिया