Political Hightlights
भुसाल र पाण्डेसँग पुनः स्पष्टिकरण माग
२०७७ चैत १६ गते १९:०८

१६ चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेसँग पुनः स्पष्टिकरण मागेको छ ।
यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको हो । दुवै नेतालाई अविलम्ब जवाफ पेश गर्न भनिएको छ ।
गत सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेख्नुभएको थियो ।
दुईजनाले जवाफ दिए पनि भुसाल र पाण्डेले कुनै बुझाउनु भएको छैन । दुई जना नेतालाई कारवाही गरिएकै दिन अन्य दुई जनालाई पुन स्पष्टिकरण माग गरिएको हो ।
प्रतिक्रिया