Political Hightlights

नेता नेपालले भने–मलाई अदालतले घोक्र्याएर पार्टीमा फर्काइदियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १८:३०
नेता नेपालले भने–मलाई अदालतले घोक्र्याएर पार्टीमा फर्काइदियो (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ ।

बृहत नागरिक आन्दोलनले आज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले अदालतको फागुन २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महशुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सार्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । ’

तर त्यसबाट आफू नडराउने पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टीभित्रको कुरा फेरी डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’

उहाँले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दयाकृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्