Political Hightlights

एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी

हिमालय टिभी
२०७७ चैत १४ गते १३:२८
एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी

१४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ।

पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थिति र अबको रणनीतिबारे योजना बनाउन बैठक बोलाइएको हो । काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।

बैठकमा हिजो बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओली र ओली पक्षीय नेताहरुको अभिव्यक्ति र आन्तरिक एकताबारे छलफल चलिरहेको नेता गैरेले जानकारी दिनुभयो । हिजो पनि नेपाल–खनाल पक्षको बैठक बसेको थियो ।

हिजोको बैठकले पार्टीभित्र देखिएको विवादमा संगठनभित्रै रहेर संघर्ष गर्ने र एकता कायमै राखेर अघि बढ्ने निर्णय भएको थियो । आजको बैठकले पार्टी एकताका लागि थप आधारहरु प्रस्तुत गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्