ओलीले दिए वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारबाहीको चेतावनी (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ चैत १३ गते १८:०४

ओलीले दिए वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारबाहीको चेतावनी (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताउनुभएको हो ।

वरिष्ठ नेता नेपाल र रावलले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफमा प्रतिप्रश्न गर्दै उल्टै स्पष्टिकरण सोधेपछि अध्यक्ष ओलीको प्रतिक्रिया आएको हो ।

नेपाल र रावलले ओलीमाथि संविधान, पार्टीको विधान मिचेको, आर्थिक अनियमितता गर्न खोजेको र देशको हितविपरीत काम गरेको आरोप लगाइएको छ । अध्यक्ष ओलीले चेतावनीयुक्त शैलीमा नेपाल र रावलको जस्तो स्पष्टिकरण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट नआउने अपेक्षा गर्नुभएको छ ।

नेपाल र रावलले हिजो स्पष्टीकरण बुझाउनु भएको हो भने भुसाल र पाण्डेले अझै दिनुभएको छैन । संस्थापन पक्षले चित्त बुझदो जवाफ नआए कारवाही गर्ने चेतावनी सहित चार जना नेतालाई स्पष्टिकरण सोधेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs