१३ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले प्रतिपक्षमा रहेका दलको नेतृत्वको सरकार स्वीकार गरेर अघि बढन कांग्रेस तयार रहेको बताउनुभएको छ।
विराटनगर विमानस्थलमा पत्रकारसित कुरा गर्दै उहाँले केपी शर्मा ओलीको नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने भन्दै ओलीबाहेक अरु जोसुकैको नेतृत्व स्वीकार्न कांग्रेस तयार रहेको बताउनुभयो ।
उहाँले ओलीलाई बिदा गर्न र नयाँ सरकार बनाउन दलहरुले छलफलबाट सहमति निकाल्नुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले अहिलेको संविधान र सिष्टमलाई भत्काउन धेरै षड्यन्त्र भइरहेको भन्दै संविधान र सिष्टमलाई जोगाउन ग्रेटर डेमोक्रेटिभ एलाइन्सको आवश्यता रहेको बताउनुभयो । एलाइन्सका लागि कांग्रेसले पहल गरिरहेको उहाँले बताउनुभयो ।