Political Hightlights

कांग्रेसले बोलायो चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक

हिमालय टिभी
२०७७ चैत ११ गते १७:३५
कांग्रेसले बोलायो चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक

११ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले बैठक बोलाएको हो ।

बैठकमा महाधिवेशनकै विषयमा छलफल हुनेछ । कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

अहिलेसम्म ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्